• १७ असोज २०८३, शनिबार
  • ४ः०१ बिहान

जेनजी आन्दोलन दमन प्रकरण: ओलीसँग बयान सम्पन्न, आरोप अस्वीकार

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार ०२:१४

२० चैत,२०८२ काठमाडौं – प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमनको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत रहेका छन्।

National Life

अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै पुगेर ओलीसँग बयान लिएका हुन्। स्रोतका अनुसार ३५ भन्दा बढी प्रश्न सोधिएको थियो र बयान बिहीबार राति १२ बजेतिर सकिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

बयानका क्रममा ओलीले बानेश्वरमा हताहती हुने गरी लेथल हतियार प्रयोग गर्ने आदेश आफूले नदिएको दाबी गरेका छन्। उनले भने, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाट हुने कुरा हो।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले भदौ २२ गते राति सुरक्षा निकायसँग भएको छलफलमा आफूलाई जेनजीको प्रदर्शन शान्तिपूर्ण हुने र ६–७ हजार सहभागी हुने जानकारी दिइएको बताएका छन्। साथै, उनले शान्ति सुरक्षा कायम गर्न मात्र निर्देशन दिएको उल्लेख गरेका छन्।

ओलीले प्रधानमन्त्रीको हैसियतमा बल प्रयोग गर्ने वा गोली चलाउने आदेश दिने अधिकार नरहेको जिकिर गरेका छन्। ‘गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन,’ उनले बयानमा भनेका छन्।

भदौ २३ मा बानेश्वरमा भएको घटनापछि मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिने निर्णय गरिएको उनले बताए। उनले सरकारको उद्देश्य कम क्षति हुने गरी व्यवस्था मिलाउने मात्र रहेको र सेना परिचालन गर्ने मनसाय नभएको पनि बयानमा उल्लेख गरेका छन्।

प्रतिकृया