• १७ असोज २०८३, शनिबार
  • ४ः०० बिहान

रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा गरे मनोनयन दर्ता

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार १२:०६

२० चैत,२०८२ काठमाडौं – रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले प्रतिनिधि सभाको सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्।उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने रहेका छन्।

National Life

समर्थकको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।सभामुख पदको निर्वाचन चैत २२ गते हुने जनाइएको छ। यसअघि संघीय संसद सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता समय तोकेको छ। दर्ता सकिएपछि साढे २ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।

रास्वपाले बिहीबार बसेको बैठकमा अर्याललाई सभामुख पदमा अगाडि सार्ने निर्णय गरेको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाले १८२ सिटसहित दुई तिहाइ नजिकको बहुमत पाएकाले अर्याल सभामुख बन्ने लगभग निश्चित देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन्। यस निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवै सिटको मतको आधारमा निर्णय हुनेछ।

प्रतिकृया