• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार १०:१४

१७ चैत,२०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो। मन्त्री विराजभक्त श्रेष्ठ को सचिवालयले उक्त जानकारी दिएको हो।

Kamana Sewa

यस निर्णयले अन्य सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई समेत सकारात्मक सन्देश दिने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

Classic Tech Desktop

मन्त्री श्रेष्ठले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहने बताएका छन्।

प्रतिकृया