यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८२ चैत्र १७ गते, मंगलवार १०:०८
काठमाडौं — जल तथा मौसम विज्ञान विभाग ले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।विभागका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायत पहाडी र हिमाली भू-भागका केही स्थान तथा अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।





प्रतिकृया