• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरु

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०१:१०

१५ चैत,२०८२ काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतबारे अनुसन्धान सुरु गरेको हो।

National Life

सोही अनुसन्धानका क्रममा पूर्वमन्त्री दीपक खड्कालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। जेन–जी आन्दोलनका क्रममा भएका आगजनीपछि देउवा र दाहालको निवासबाट जलेका नोटका अवशेष भेटिएको र खड्काको घरबाट पनि जलेका रकम फेला परेको बताइएको छ।

अनुसन्धान प्रभावित नहोस् भनेर बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम रोकिएको छ। प्रहरीका अनुसार त्यहाँ कार्यरत कामदार हटाइएको छ र थप अनुसन्धान जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया