• १७ असोज २०८३, शनिबार
  • ४ः३३ बिहान

गृहमन्त्री सुधन गुरुङ पुगे ललितपुर प्रहरी कार्यालयमा

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ११:०२

१४ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङ ललितपुरस्थित प्रहरी कार्यालय पुगेका छन्। उनी केहीबेरअघि आफैं गाडी चलाएर त्यहाँ पुगेको बताइएको छ। यसअघि सामाजिक सञ्जालमार्फत् उनले केपी शर्मा ओली र रमेश लेखक पक्राउ गरिएको जानकारी गराएका थिए। त्यसलगत्तै उनी ललितपुर प्रहरी कार्यालय पुगेका हुन्।

National Life

तर, गृहमन्त्री गुरुङको आकस्मिक प्रहरी कार्यालय भ्रमणको कारणबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। उनी किन त्यहाँ पुगे भन्ने विषय अझै अस्पष्ट रहेको छ।

यसबीच, ओलीको पक्राउ र त्यसपछिका राजनीतिक गतिविधिका कारण देशभर चासो बढिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया