• १८ असोज २०८३, आइतबार
  • ५ः१३ बिहान

ओली पक्राउपछि एमालेको चार निर्णय(सूचीसहित)

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ११:४५

१४ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै सचिवालय बैठक बसेर चारवटा निर्णय गरेको छ। बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै देशभर विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

National Life

नेता महेश बस्नेतका अनुसार बैठकले आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

त्यस्तै, आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ। साथै, भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दल तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया