• १७ असोज २०८३, शनिबार
  • ३ः५५ राती

ओली–लेखक पक्राउबारे किन कांग्रेस मौन ?

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार १२:००

१४ चैत,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस हालसम्म मौन देखिएको छ। एमालेले अध्यक्ष ओलीको गिरफ्तारीपछि आकस्मिक सचिवालय बैठक बसेर रणनीति तय गरिरहँदा कांग्रेसले भने यस विषयमा कुनै औपचारिक बैठक वा सार्वजनिक धारणा दिएको छैन।

National Life

कांग्रेसले आज नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रम सकिएपछि पक्राउ घटनाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको एक पदाधिकारीले बताएका छन्।

यसअघि बालेन शाह नेतृत्वको नवगठित सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज बिहान ओली र लेखक पक्राउ परेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजी आन्दोलनको समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए।

प्रतिकृया