• १७ असोज २०८३, शनिबार
  • ३ः५६ राती

ओलीलाई स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगियो

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०८:२०

१४ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको हो।

National Life

ओली पक्राउ परेपछि घटनाबारे छलफल गर्न नेकपा एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग पनि छलफल हुने बताइएको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठकपछि विरोधका कार्यक्रम र त्यसको स्वरूपबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया