• १७ असोज २०८३, शनिबार
  • ४ः३३ बिहान

राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु: रमेश लेखक

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०७:४१

१४ चैत,२०८२ काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै राजनीतिक र कानुनी रूपमा लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

National Life

‘राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ, यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु,’ लेखकले भने। उनले मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिलाई पक्राउ गर्नु कानुनको मजाक भएको टिप्पणी गर्दै यस्तो अभ्यास विश्वमै नदेखिएको दाबी गरे। यसैबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भएको बताएका छन्।

तर गृहमन्त्री सुधन गुरुङले भने कानूनभन्दा माथि कोही नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले ओली र लेखकको पक्राउ प्रतिशोध नभई ‘न्यायको सुरुवात’ भएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया