यस्तो छ आजको मौसम पुवानुमान
प्रकाशित मिति
२०८२ चैत्र १४ गते, शनिबार ०७:०६
१३ चैत,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ।
हाल कोशी प्रदेशको तराईसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विभागले आजदेखि केही दिनसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।








प्रतिकृया