• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ०९:३७

९ चैत,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान बिभागले नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। बिभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल रहेको छ। विशेषगरी, कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसँग मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो पनि पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल रहनेछ भने तराई भू–भागमा आंशिक बादल रहने अनुमान छ। सुदूरपश्चिम प्रदेशका केही पहाडी र हिमाली स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षा/हिमपात र मेघगर्जनको सम्भावना रहेको छ।

Kamana Sewa

आज राति पनि मौसम त्यस्तै रहनेछ। पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल रहनेछ भने तराईमा आंशिक बादल रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा/हिमपात र मेघगर्जनको सम्भावना रहेको छ।

Classic Tech Desktop

बिभागले सर्वसाधारणलाई अस्वाभाविक मौसम परिवर्तन र चट्याङ्ग–बिजुलीको सम्भावनाप्रति सतर्क रहन आग्रह गरेको छ।

प्रतिकृया