• ३१ भदौ २०८३, बुधबार
  • ७ः२५ बेलुका

गगन थापाको राजीनामा किन अस्वीकार गर्‍यो कांग्रेसले? यी हुन् ८ कारण

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०८:३६

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा पार्टीले अस्वीकार गरेको छ।

National Life

शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका थिए।

प्रवक्ता देवराज चालिसेले सभापतिको राजीनामा अस्वीकार गरिएको जानकारी दिएका छन्। साथै, राजीनामा अस्वीकार गर्न पार्टीले ८ वटा आधार तय गरेको पनि उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:

–निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको

–वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको

–राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले

–राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले

–सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले

–विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले

–पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले

–केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले

प्रतिकृया