• ३१ भदौ २०८३, बुधबार
  • ७ः२५ बेलुका

किन पाउँदैनन् श्रम संस्कृति र राप्रपाका प्रमुख सचेतकले सुविधा ?

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ०९:४८

९ चैत,२०८२ काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ सिट जितेको श्रम संस्कृति पार्टी र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकले संसदबाट सुविधा नपाउने भएका छन्।

National Life

स्रोतका अनुसार, श्रम संस्कृतिले प्रत्यक्ष निर्वाचनमा तीन र समानुपातिकमा चार गरी कुल सात सिट जितेको छ भने राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट जितेको छ। दुबै पार्टीले राष्ट्रिय दलको मान्यता पाए पनि संसद सचिवालयले प्रमुख सचेतकको सुविधा दिने न्यूनतम १० जना सांसद हुनु पर्ने ऐनको आधारमा सुविधा नदिने निर्णय गरेको हो।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार, दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक पाउने व्यवस्था छ। ऐनमा स्पष्ट रूपमा उल्लेख छ, “दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको सदस्यलाई बुझाइन्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधि सभामा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद रहेका छन्। यी दलका प्रमुख सचेतकले सुविधा पाउने छन्।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने, “राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरुले पनि सुविधा नलिनु होला, सुरक्षाकर्मी पनि नलिनु, आफै हिँड्नु, काम छैन।”

प्रतिकृया