• १३ असोज २०८३, मंगलबार
  • ४ः५५ बेलुका

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदासहित घोडेजात्रा पर्व

प्रकाशित मिति

२०८२ चैत्र ४ गते, बुधबार ०७:४९

 ४ चैत,२०८२ काठमाडौं- चैत्र कृष्ण औँसीका अवसरमा आज घोडे जात्रा पर्व विशेषगरी काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमसहित मनाइएको छ।परम्पराअनुसार टुँडिखेल क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ नेपाली सेना ले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरेको छ।

National Life

लोककथाअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको विश्वास छ। स्थानीयवासीले उक्त राक्षसको संहार गरे पनि यसको आत्माबाट पुनः खतरा हुन सक्ने आशंका रहँदै आएको छ। यही विश्वासका आधारमा हरेक वर्ष घोडेजात्रा मनाई घोडाको टापले त्यसको आत्मालाई दबाउने परम्परा रहिआएको छ।

यसैगरी, आज राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गर्दा वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास रहेको छ। उता ललितपुर मा पनि कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा कायम छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रतिकृया