• १३ असोज २०८३, मंगलबार
  • ४ः१५ बेलुका

संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले खुवाउनेछन् सांसदलाई शपथ

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०३:४७

अर्जुननरसिंह केसी यसपटकको प्रतिनिधिसभा का २७५ सदस्यमध्ये सबैभन्दा पाका सदस्य बनेका छन्। नेपाली कांग्रेस का तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका छन्। निर्वाचन आयोग ले सार्वजनिक गरेको उमेर विवरणअनुसार उनी सबैभन्दा ज्येष्ठ सदस्य देखिएका हुन्।

National Life

प्रत्यक्षतर्फ म्याग्दी बाट स्वतन्त्र रूपमा निर्वाचित महावीर पुन ७१ वर्षका छन् भने मनाङ बाट निर्वाचित कांग्रेसका टेकप्रसाद गुरुङ पनि ७१ वर्षकै छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७० वर्षका छन्।

समानुपातिकतर्फ निर्वाचित सांसदमध्ये प्रमेश हमाल ७१, रुक्मिणी कोइराला ७० र पुष्पकराज कँडेल ७० वर्षका छन्। संसदीय अभ्यासअनुसार ज्येष्ठ सदस्यले सबैभन्दा पहिले रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ लिनेछन्। त्यसपछि उनले अन्य सांसदलाई शपथ गराउने प्रावधान छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै संसद्को बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ। सभामुखको निर्वाचन पनि ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुने प्रावधान छ।

प्रतिकृया