• १४ असोज २०८३, बुधबार
  • ४ः०२ बिहान

रास्वपाको दुईदिने अभिमुखीकरण आज समापन

प्रकाशित मिति

२०८२ चैत्र ४ गते, बुधबार ०८:२२

४ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको उक्त कार्यक्रम मंगलबारदेखि सुरु भएको हो।

National Life

आज हुने समापन कार्यक्रममा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह समेत सहभागी हुन सक्ने जानकारी उपसभापति डिपी अर्याल ले दिएका छन्।

अभिमुखीकरण कार्यक्रममा समूहगत छलफल, संसदको संरचना, अधिकार र जिम्मेवारीबारे प्रशिक्षण, कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका, चुनावी प्रतिवेदन प्रस्तुति तथा छलफल, साथै विभिन्न विषय विज्ञहरूको प्रस्तुति समावेश गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया