• १३ असोज २०८३, मंगलबार
  • ३ः४२ दिउँसो

मध्यपूर्वका अधिकांश देशमा पुनः श्रम स्वीकृति खुला

प्रकाशित मिति

२०८२ चैत्र ४ गते, बुधबार ०८:२८

४ चैत,२०८२ काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

National Life

यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो।

मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूको मागपछि पुनः श्रम स्वीकृति खुलाउने निर्णय गरिएको हो। परराष्ट्र मन्त्रालय को सिफारिस र वैदेशिक रोजगार विभाग को सुझावका आधारमा मंगलबार उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे ले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशमा कार्यरत तथा बिदामा नेपाल आएका श्रमिकलाई पुनः श्रम स्वीकृति दिइनेछ। यसअन्तर्गत साउदी अरेविया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की जाने श्रमिकले पुनः श्रम स्वीकृति पाउनेछन्।

प्रतिकृया