• १३ असोज २०८३, मंगलबार
  • ४ः२६ बेलुका

फोहोर प्रशोधन केन्द्र निर्माणको तयारी, भरतपुरले छुट्यायो ३ करोड

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०२:५०

३ चैत,२०८२ भरतपुर- भरतपुर महानगरपालिका ले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी का अनुसार भरतपुर–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गाको भोगाधिकारका लागि आवश्यक तीन करोड रुपैयाँ बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ।

National Life

महानगरले यसअघि नै वृक्षरोपण र अन्य प्रक्रियाका लागि पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरिसकेको छ। वन तथा वातावरण मन्त्रालय ले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भएपछि थप रकम भुक्तान गर्न भनेको अधिकारीले बताए।

महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरे का अनुसार एक रूख कटान गरेबापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षण गर्ने व्यवस्था गरिएको छ। त्यसका लागि थप एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल महानगर क्षेत्रमा दैनिक ८० टनभन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ, जसलाई अहिले आँपटारी नजिकैको खोल्सामा व्यवस्थापन गरिँदै आएको छ।

प्रतिकृया