• १३ असोज २०८३, मंगलबार
  • २ः४५ दिउँसो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार १२ अर्ब माथि

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०३:१७

३ चैत,२०८२ काठमाडौं- साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको छ।

National Life

आज ३४० कम्पनीका तीन करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा कुल १२ अर्ब तीन करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र म्युचुअल फण्ड उप–सूचकमा हरियाली देखिएको छ।

आज १३२ कम्पनीको शेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। यस क्रममा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया