• २ असोज २०८३, शुक्रबार
  • ६ः०५ बेलुका

रवि लामिछानेले चुनावमा करिब १० लाख खर्च गरेको विवरण सार्वजनिक

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ११:४५

२७ फाल्गुन,२०८२ काठमाडौं-  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा करिब पौने १० लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ।

National Life

जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको खर्च विवरणअनुसार उनले निर्वाचनमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।

खर्च विवरणमा मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ भने नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च भएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै यातायात तथा इन्धनमा सबैभन्दा बढी २ लाख ९५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। मतदाता प्रशिक्षणका क्रममा खाजा खर्चमा १४ हजार २०० रुपैयाँ खर्च भएको देखिन्छ।

यस्तै वडास्तरीय प्रचारप्रसारका गतिविधिमा ४६ हजार रुपैयाँ खर्च गरिएको छ भने खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी हवाई यात्रामा १३ हजार रुपैयाँ खर्च भएको लामिछानेले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा जनाएका छन्।

प्रतिकृया