• ४ साउन २०८३, सोमबार
  • २:३६ बिहान

वायु प्रदूषण घटाउन नेपाललाई विश्व बैंकको ७ अर्बभन्दा बढी ऋण सहयोग

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ११:५५

२७ फाल्गुन,२०८२ काठमाडौं-  विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधार गर्न ७ अर्ब ७ करोड २० लाख रुपैयाँ ऋण सहयोग अनुमोदन गरेको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधानकार्यालयका अनुसार ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि उक्त रकम स्वीकृत गरिएको हो।

यो परियोजना वायु प्रदूषणको उच्च जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा कार्यान्वयन गरिनेछ।परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ।

Kamana Sewa

विश्व बैंकका अनुसार परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग तथा वन तथा वातावरण मन्त्रालय र वातावरण विभागमार्फत कार्यान्वयन गरिनेछ।

Classic Tech Desktop

यस परियोजनाबाट प्रदूषण नियन्त्रण, स्वच्छ हावा प्रवर्द्धन तथा वातावरणीय व्यवस्थापन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया