रुपन्देही–२ मा पराजित काँग्रेसका चुन्नप्रसाद शर्माले चुनावमा २४ लाखभन्दा बढी खर्च
प्रकाशित मिति
२०८२ फाल्गुन २७ गते, बुधबार १०:०९
२७ फाल्गुन,२०८२ काठमाडौं- रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका चुन्नप्रसाद शर्माले चुनावमा २४ लाखभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगमा बुझाएको खर्च विवरणअनुसार शर्माले चुनावी अभियानका लागि कुल २४ लाख ४३ हजार ८ सय २३ रुपैयाँ खर्च गरेको देखिएको छ। उनले सबैभन्दा धेरै रकम मसलन्द, छपाइ तथा प्रिन्टिङमा खर्च गरेका छन्। सो शीर्षकमा मात्रै ९ लाख २१ हजार ७ सय ४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६ सय ८९ रुपैयाँ, बिजुली तथा साउन्ड सिस्टममा २ लाख ७४ हजार ७ सय २० रुपैयाँ तथा अफिस सञ्चालन, प्रचारप्रसार र कार्यालय भाडामा २ लाख ४० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।
यस्तै सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८ सय ९४ रुपैयाँ, गाडी भाडामा १ लाख ५० हजार रुपैयाँ र मञ्च व्यवस्थापन, कुर्ची तथा टेन्टमा १ लाख ३१ हजार ७ सय ८० रुपैयाँ खर्च भएको शर्माले आयोगमा बुझाएको प्रतिवेदनमा जनाएका छन्।
रुपन्देही–२ बाट उम्मेदवारी दिएका शर्मा उक्त निर्वाचनमा पराजित भएका थिए।






प्रतिकृया