• ३१ भदौ २०८३, बुधबार
  • १०ः१० राती

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर आजदेखि सुरु होली पर्व

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार १०:०२

१२ फाल्गुन, २०८२  काठमाडौं – काठमाडौंको बसन्तपुर मा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ, जससँगै देशभर फागुन शुक्ल अष्टमीका दिनदेखि होलीको पर्व औपचारिक रूपमा सुरु भएको छ।

National Life

प्रचलनअनुसार, हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्वको आरम्भ मानिन्छ। यस वर्ष मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहित चीर ठड्याउँदै एकअर्कामा अबिर हालेर पर्वको संकेत दिएका छन्।

त्यसैगरी, पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्र, र कृष्णमन्दिर परिसरमा रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होलीको सुरुवात जनाउने परम्परा रहिआएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यो वर्षको होली पर्व फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा सार्वजनिक बिदासहित मनाइनेछ।

प्रतिकृया