• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

पाल्पा सिमेन्टले आजदेखि सर्वसाधारण आईपीओ निष्काशन

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ०९:४२

१२ फाल्गुन, २०८२  काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज कम्पनी ले आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकतामा राख्दै सर्वसाधारणका लागि सेयर जारी गरेको हो।

National Life

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय, ५ लाख ६२ हजार ५०० कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि, २ लाख ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष, र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि वितरण गरिएको छ। बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गरिएको छ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदनको पहिलो चरण फागुन १५ गतेसम्म हुनेछ, र यदि माग अनुसार आवेदन नपरेमा दोस्रो चरण फागुन २६ गतेसम्म हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग ले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया