• १ असोज २०८३, बिहीबार
  • ७ः५४ बिहान

काठमाडौं मेडिकल कलेजले साम्बाको उपचार निःशुल्क गर्ने प्रस्ताव

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ०९:३५

१२ फाल्गुन, २०८२  काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव काठमाडौं मेडिकल कलेज ले गरेको छ।

National Life

पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पताल मा शल्यक्रिया गराएकी थिइन्। हाल राखिएको ग्राफ्ट र एमसिएल (MCL) मा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्।

यसै सन्दर्भमा काठमाडौं मेडिकल कलेजले राष्ट्रकी गहना मानिएकी साम्बा नेपालमै उपचार गर्न इच्छुक भए सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो। कलेजले आधुनिक उपकरण, दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै राष्ट्रिय खेलाडीप्रति आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यबोध स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बाको उपचारप्रति संस्था गम्भीर, जिम्मेवार र संवेदनशील रहेको उल्लेख गर्दै छिटो स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिकृया