• १ असोज २०८३, बिहीबार
  • १२ः५२ राती

दाङमा एमालेको झण्डा जलाएको घटनामा रास्वपासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

प्रकाशित मिति

२०८२ फाल्गुन ९ गते, शनिबार १०:३७

९ फाल्गुन, २०८२  काठमाडौं – दाङमा नेकपा (एमाले) को झण्डा जलाइएको तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध असभ्य नाराबाजी गरिएको घटनापछि निर्वाचन आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङसँग स्पष्टीकरण मागेको छ।

National Life

तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको विषय सार्वजनिक भएपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो।

आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा उक्त घटनाबारे स्पष्ट विवरण माग गरिएको छ। पत्रमा तुलसीपुर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो वा होइन, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट स्पष्टीकरण दिन भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको आशंकामा आयोगले प्रारम्भिक जानकारी संकलन गर्दै सम्बन्धित पक्षसँग लिखित जवाफ मागेको जनाएको छ।

यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

प्रतिकृया