• ५ साउन २०८३, मंगलबार
  • १२:०८ बिहान

आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने

प्रकाशित मिति

२०८२ फाल्गुन ९ गते, शनिबार ०७:४७

९ फाल्गुन, २०८२  काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा पोल ढल्किएको कारण मर्मत तथा व्यवस्थापन कार्य गर्न ११ केभी प्रसारण लाइन सटडाउन गरिनेछ।

तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यसैगरी तिनकुने, गैरीगाउँ, सिनामंगल तथा विमानस्थल क्षेत्रअन्तर्गतका स्थानमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म विद्युत् कटौती गरिनेछ।

Kamana Sewa

यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत कार्य भइरहेकोले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती हुने जनाइएको छ।

Classic Tech Desktop

बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग तथा प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यसैगरी हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी लगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुनेछ।

वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा भने दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आवश्यक मर्मत तथा पूर्वाधार सुदृढीकरणका लागि अस्थायी रूपमा विद्युत् सेवा अवरुद्ध गर्न लागिएको भन्दै उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रतिकृया