• १ असोज २०८३, बिहीबार
  • १२ः१६ राती

अहिलेसम्म ७ पार्टी र ८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता

प्रकाशित मिति

२०८२ फाल्गुन ९ गते, शनिबार १०:५२

९ फाल्गुन, २०८२  काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा ७ वटा राजनीतिक दल र ८६७ जना उम्मेदवारले निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता खोलेर सञ्चालनमा ल्याएका छन्। आयोगका अनुसार तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ८६७ जनाले मात्रै बैंक खाता खोलेर जानकारी दिएका हुन्।

National Life

निर्वाचन आयोगले भनेको छ कि निर्वाचन खर्चमा पारदर्शिता कायम गर्ने, कानुनले तोकेको खर्च सीमाको पालना गराउने र आर्थिक कारोबारको प्रभावकारी निगरानी सुनिश्चित गर्ने उद्देश्यले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ कार्यान्वयनमा आएको हो।

कार्यविधिअनुसार निर्वाचनमा दर्ता भएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारका क्रममा हुने सम्पूर्ण आम्दानी तथा खर्च तोकिएको बैंक खातामार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारले भूगोलअनुसार २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ र खाताबाट रकम कता खर्च हुन्छ भन्ने अनुगमन पनि यसपटक हुने आयोगले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले बाँकी दल र उम्मेदवारलाई समेत अनिवार्य रूपमा बैंक खाता सञ्चालन गर्न आग्रह गरेको छ। यस व्यवस्था मार्फत निर्वाचन प्रक्रियामा स्वच्छता, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन हुने विश्वास गरिएको छ।

प्रतिकृया