• ३१ भदौ २०८३, बुधबार
  • १०ः०७ राती

यस्तो छ आजको मौसम पुर्वानुमान

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ०९:३६

१० फाल्गुन, २०८२  काठमाडौं –  जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति तराईका केही स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया