• ३१ भदौ २०८३, बुधबार
  • १०ः०८ राती

कस्तो रहला आजको मौसम

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार ०८:४८

७ फाल्गुन, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै बाँकी पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ। तराईका थोरै स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

आज राति कोशी र बागमती प्रदेशसहित हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशलगायत बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। तराईका केही स्थानमा तुँवालो लाग्ने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया