• १ असोज २०८३, बिहीबार
  • १२ः१७ राती

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार ०८:४१

काठमाडौं – आईसीआरए(ईक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘आईसीआरएएनपी–आईआर ए प्लस’ (ICRANP–IR A+) रेटिङ प्रदान गरेको छ। आईसीआरए नेपालको मूल्याङ्कन समितिको निर्णयअनुसार प्रदान गरिएको उक्त रेटिङले कोषको वित्तीय दायित्वहरू समयमै तथा पूर्ण रूपमा वहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ। ‘ए प्लस’ श्रेणीको रेटिङलाई दायित्व सेवा गर्ने सन्दर्भमा उच्च विश्वसनीयता र सुदृढ वित्तीय अवस्थाको सूचकका रूपमा लिने गरिन्छ।

National Life

विसं २०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो। कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना तथा नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष लगायतका विभिन्न सामाजिक सुरक्षा तथा बचतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल कोषमा करिब सात लाखभन्दा बढी सहभागी आबद्ध रहेका छन्। पछिल्लो रेटिङले कोषको संस्थागत सुदृढता, वित्तीय अनुशासन तथा दीर्घकालीन दायित्व वहन क्षमताप्रति बजारको विश्वास थप सुदृढ हुनेअपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया