• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १० बुँदे प्रतिज्ञा पत्र, सुशासन र समुन्नतिमा जोड

प्रकाशित मिति

२०८२ फाल्गुन ६ गते, बुधबार ०८:०९

जनकपुरधाम — नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बुधबार जनकपुरधाममा आयोजित विशेष समारोहमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारासहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू निर्धारण गर्दै ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिज्ञा पत्रमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ।

Kamana Sewa

जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने वातावरण बनाउने योजना दस्तावेजमा उल्लेख छ। विधिको शासन कडाइका साथ लागू गर्ने, पहुँच र शक्तिका आधारमा पाइने विशेष सुविधा अन्त्य गर्ने तथा प्रशासनिक सेवा सरल र हैरानीमुक्त बनाउने प्रतिबद्धता पनि जनाइएको छ।

Classic Tech Desktop

पार्टी सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा ढिलासुस्ती अन्त्य तथा घरबाटै सेवा लिन सकिने व्यवस्था मिलाइने बताएका छन्। आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ।

स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई देशभित्रै भविष्य देख्ने वातावरण बनाउने तथा विदेश पलायन रोक्ने रणनीति पनि समेटिएको छ। कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्दै प्रविधि र बजार व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्ने योजना उल्लेख गरिएको छ।

पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई तीव्रता दिँदै समुन्नतितर्फ अघि बढ्ने लक्ष्य लिइएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको दायित्व बढाउने, गुणस्तरीय स्वास्थ्य बीमा लागू गर्ने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।

गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने तथा नेपालको भाषा, संस्कृति र सम्पदाको संरक्षणसँगै आधुनिकता अंगाल्ने नीति पनि प्रतिज्ञा पत्रमा समावेश गरिएको छ।

प्रतिकृया