• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

आज तराईमा हुस्सु र उच्च पहाडमा हल्का वर्षा-हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार ०९:५०

२५ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

Kamana Sewa

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

Classic Tech Desktop

प्रतिकृया