• २० भदौ २०८३, शनिबार
  • ८ः३८ राती

आचारसंहिता उल्लङ्घन उजुरीमा आयोग सक्रिय, २४ उम्मेदवारले दिए जवाफ

प्रकाशित मिति

२०८२ माघ २४ गते, शनिबार १०:२०

२४ माघ,२०८२ काठमाडौं – निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएका छन्। निर्वाचन आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारसँग स्पष्टीकरण मागेको थियो।

National Life

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अझै १० उम्मेदवारबाट स्पष्टीकरण प्राप्त हुन बाँकी छ। प्राप्त उजुरीका आधारमा आयोगले आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेका छन्।

Classic Tech Desktop

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको जिम्मेवारी दिइएको छ। उनीहरूलाई आर्थिक बाहेकका विषयमा अनुगमन गर्ने अख्तियारी छ भने आर्थिक विषयको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई तोकिएको छ।

आयोगका अनुसार जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गराउने कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। साथै, प्राप्त उजुरीमाथि आवश्यक कारबाही गरिएको पनि आयोगले जनाएको छ।

प्रतिकृया