• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न

प्रकाशित मिति

२०८२ माघ १० गते, शनिबार ०८:४४

१० माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । अब ५० लाख थान मतपत्र छपाइ गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ ।

मतपत्र छपाइ कार्य माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको थियो । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

Kamana Sewa

आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ताका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकिएको छ ।

Classic Tech Desktop

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४०६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ । शुक्रबार नै उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना रहेका छन् । उम्मेदवारी दर्तादेखि फिर्तासम्मको निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगको भनाइ छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावलीसमेत प्रकाशित भइसकेको छ ।

प्रतिकृया