• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

पश्चिमी वायुको प्रभावः विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ १० गते, शनिबार ०८:१०

१० माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

Kamana Sewa

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Classic Tech Desktop

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित असिना पर्ने सम्भावना पनि रहेको विभागले जनाएको छ । आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

प्रतिकृया