• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

उम्मेदवारका लागि बैंक खाता खोल्न राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह

प्रकाशित मिति

२०८२ माघ १० गते, शनिबार ०७:५९

१० माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैंक खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक खातामार्फत गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन दल र उम्मेदवारका आम्दानी–खर्च बैंकिङ प्रणालीमार्फत गर्नुपर्नेछ । उक्त व्यवस्था प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फका दल तथा उम्मेदवारमा लागू हुनेछ ।

Kamana Sewa

आमनिर्वाचन सम्पन्न भई आयोगको निर्णय नभएसम्म ती बैंक खाता सञ्चालनमा रहने जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया