• ३१ भदौ २०८३, बुधबार
  • ७ः२४ बेलुका

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र हुस्सु

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०९:३०

६ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरक–फरक देखिएको विभागले जनाएको हो।

National Life

विभागका अनुसार हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ। बाँकी अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान छ।

विभागले हुस्सु तथा कुहिरोका कारण तराई क्षेत्रमा बिहान र बेलुकी समयमा यातायात तथा हवाई उडान प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया