• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

पत्रकार ऋषि धमला रौतहट–४ बाट चुनावी मैदानमा

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०९:३९

६ माघ,२०८२ काठमाडौं – चर्चित पत्रकार ऋषि धमला आगामी प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट चुनाव लड्ने भएका छन्। उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बन्ने भएका हुन्।

धमलाले आफू रौतहटबाट उम्मेदवार बन्न लागेको पुष्टि गर्दै हाल सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ अब नचलाउने बताएका छन्। आफ्नो अन्तिम कार्यक्रममा उनले पत्रकारिताका क्रममा सधैँ जनताका आवाज उठाउँदै आएको उल्लेख गरे।

Kamana Sewa

अब प्रत्यक्ष रूपमा जनताको बीचमा गएर काम गर्ने उद्देश्यसहित टेलिभिजन कार्यक्रम छोडेर सक्रिय राजनीतिमा प्रवेश गरेको धमलाको भनाइ छ। उनले पत्रकारितामार्फत उठाएका जनताका मुद्दालाई अब संसदमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Classic Tech Desktop

धमलाको उम्मेदवारीसँगै रौतहट–४ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

प्रतिकृया