• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

लामो चुनावी यात्रामा विराम, देउवा यसपटक चुनाव नलड्ने

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०९:२२

६ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार यसपटक देउवाले निर्वाचन नलड्ने निर्णय गरेका हुन्।

देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थिए। पार्टी स्रोतका अनुसार देउवा अन्तिम पटक निर्वाचन लड्न इच्छुक रहे पनि विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा गठन भएको नयाँ केन्द्रीय कार्यसमितिले उनलाई सक्रिय राजनीतिबाट पछि हट्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको थियो।

Kamana Sewa

यता, गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत पुगेका कारण नैतिक रूपमा गगन थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचनमा जान उनलाई कठिन भएको बताइएको छ।

Classic Tech Desktop

कांग्रेसको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको सन्दर्भमा देउवाको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया