• ४ साउन २०८३, सोमबार
  • ८:५८ बेलुका

नेपाल एसबीआई बैंक हायुटार शाखा लुटपाट, ४ जना पक्राउ

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार १०:१७

३० पुस,२०८२ काठमाडौं – सिन्धुलीको घ्याङलेख–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंक हायुटार शाखामा मंगलबार राति लुटपाट भएको छ। पाँच–छ जनाको समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको थियो।

घटनामा संलग्नमध्ये ४ जनालाई प्रहरीले घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा पक्राउ गरेको छ। लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ विभिन्न स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

Kamana Sewa

प्रतिकृया