• १ असोज २०८३, बिहीबार
  • ५ः२४ बेलुका

नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु, अर्कोतिर वार्ता जारी

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार १०:१०

३० पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ। मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित गरिएको थियो भने बिहानदेखि पुनः अघि बढाइएको हो।

National Life

विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। यद्यपि, दुवै पक्षबीच वार्ता अझै जारी छ।

निर्वाचन समितिले कार्यतालिका परिमार्जन गर्दै प्रक्रिया अघि बढाएको हो। सुरुमा प्रकाशित तालिकाअनुसार मंगलबार नै सकिएको मनोनयन दर्ताको समय संशोधन गरी आज बिहानदेखि पुनः मनोनयन दर्ता सुरु गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने तयारी गरिएको हो। आज बिहान पनि वार्ता जारी रहेको र सहमतिको सम्भावना क्षीण हुँदै गएको वार्तामा सहभागी एक नेताले बताएका छन्।

यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाका तयार गरिरहेको जनाइएको छ। वार्ता जारी रहेकाले मनोनयन दर्ताको समय थपिने निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया