• १ असोज २०८३, बिहीबार
  • ११ः४१ बिहान

पाल्पा सिमेन्टको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०९:४१

३० पुस,२०८२ काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले पुस २५ गतेदेखि सेयर निष्कासन गरेको थियो।

National Life

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया