• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०९:३३

३० पुस,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानमा हुस्सु लागेको छ। आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया