• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०९:५३

२४ पुस,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहने सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्नेछ ।

Kamana Sewa

प्रतिकृया