• २१ भदौ २०८३, आइतबार
  • ९ः५४ राती

महाधिवेशन विवादमा धारणा बनाउन शेखर समूह छलफलमा जुट्यो

प्रकाशित मिति

२०८२ पुष १९ गते, शनिबार १२:२९

१९ पुस,२०८२ काठमाडौं — नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा. शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजारस्थित कोइरालाको सचिवालयमा जारी बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।

National Life

पार्टी कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ गते १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि शेखर समूह छलफलमा बसेको हो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जनाले फरक मत राखेका छन् । महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र अन्यौलता बढ्दै गएको छ ।

प्रतिकृया