• ४ साउन २०८३, सोमबार
  • ७:२६ बेलुका

समानुपातिक बन्दसूचीका उम्मेदवारले नाम फिर्ता लिन सक्ने

प्रकाशित मिति

२०८२ पुष १९ गते, शनिबार १२:३८

१९ पुस,२०८२ काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश उम्मेदवारले तोकिएको समयभित्र नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । फिर्ता भएका स्थानमा सम्बन्धित दलले नयाँ उम्मेदवार समावेश गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पुस १३ र १४ गते ६४ राजनीतिक दलबाट प्राप्त उम्मेदवारीको मनोनयन रुजु भइरहेको छ । समावेशी मापदण्डअनुसार रुजु गरी पुस २० गतेभित्र दललाई जानकारी गराइनेछ । संशोधित सूची पुस २७ गतेभित्र पेस गर्नुपर्नेछ भने पुस २८ गते नाम फिर्ताको समय तोकिएको छ ।

Kamana Sewa

बन्दसूची माघ ४ गते सार्वजनिक गरिनेछ । उक्त सूचीमाथि अयोग्यताको दाबी परे छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि सूची परिवर्तन हुने छैन ।

Classic Tech Desktop

प्रतिकृया