• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०९:३३

१७ पुस,२०८२ काठमाडौं — आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औँ टोपी दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागिएको हो ।

पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गएको सन्दर्भमा नेपाली मौलिक पहिचान जोगाउने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष जनवरी १ लाई टोपी दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली तथा नेपालीभाषीहरूले पनि यो दिवस विशेष रूपमा मनाउने गर्छन् ।

Kamana Sewa

भादगाउँले टोपी र ढाका टोपीलाई प्रायः नेपाली टोपीका रूपमा चिनिँदै आए पनि नेपालका विभिन्न समुदायले आफ्नो पहिचान झल्काउने फरक–फरक टोपी प्रयोग गर्दै आएका छन् ।

Classic Tech Desktop

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज बिहान ८ बजेदेखि पञ्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरी आयोजना गर्ने जनाएको छ । त्यस्तै, दिउँसो २ देखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान कार्यक्रम हुने प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिकृया