• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

विदेशी नागरिक ट्रयाकिङ प्रणाली सञ्चालनमा

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०९:४५

१७ पुस,२०८२ काठमाडौं — जेनजी आन्दोलनका कारण अवरुद्ध भएको विदेशी नागरिक ट्रयाक गर्ने सरकारी प्रणाली बिहीबारदेखि सञ्चालनमा आएको छ । गृह मन्त्रालयको निर्देशनमा अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआईएस)’ लागू गरेको हो ।

यसअघि प्रयोगमा रहेको एफएनआरटीएस प्रणालीलाई नयाँ प्रणालीले प्रतिस्थापन गरेको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार असोज १ गतेदेखि लागू गर्ने भनिएको प्रणाली ढिलाइपछि बिहीबारबाट सञ्चालनमा आएको हो । नयाँ प्रणालीमार्फत नेपालमा रहेका विदेशी नागरिकको दर्ता र अनुगमन गरिनेछ ।

Kamana Sewa

प्रतिकृया